साम्राज्ञीलाई असफल हुने छुट छैन

१९ माघ २०७९ ११:३५

पौषको २९ गते रिलिज भएको चलचित्र ‘तिम्रो मेरो साथ’ सुपर फ्लप भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह दबाबमा छिन् । उनी, अभिनित यो चलचित्रले हलमा दर्शकको सानो अंश पनि तान्न सकेन । जसकाकारण, उनको क्रेज कमजोर बनेको टिप्पणी भैरहेको छ ।

उनै, साम्राज्ञी अघिल्लो चलचित्र रिलिज भएको ३ सातामै अर्को चलचित्र ‘ह्यारी कि प्यारी’ मार्फत दर्शकमाझ आउँदैछिन् । यो चलचित्र भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ ।

चलचित्रलाई लिएर साम्राज्ञी आत्मविश्वासी छिन् । तर, चलचित्र गर्ने व्यापार उनको करिअरका लागि नै महत्वपूर्ण छ । किनकी, साम्राज्ञीलाई अझै पनि निर्माताहरु महंगो पारिश्रमिक दिन तयार छन् । तर, सुरुवातका ३ चलचित्रपछि भने उनको करिअर निरन्तर ओरालो लागिरहेको छ ।

यो चलचित्रले ह्यारी र प्यारीको प्रेमकथा भन्छ । ह्यारीको जीवनमा प्यारीको प्रवेश भएपछि आउने उतारचढावको कथामा चलचित्र बनेको छ । साम्राज्ञीले यो चलचित्रमा राम्रो काम पनि गरेकी छिन् । तर, उनको अनुहार हेरेर शुक्रबार र शनिबार दर्शक आउन आवश्यक छ ।

किनकी, यो चलचित्र असफल भएको खण्डमा साम्राज्ञीलाई पनि फ्लप नायिकाको ट्याग लाग्नेछ । यसकारण, उनलाई यो चलचित्रबाट असफल हुने छुट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *