‘पठान’को कमाई साढे ३ सय करोड नजिक

१९ माघ २०७९ १०:२८

रिलिजको आठौ दिनमा पनि चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ ।

यो चलचित्रले भारतीय बक्स अफिसमा साढे ३ सय करोड नजिकको व्यापार गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन बुधबार ५५ करोडको व्यापार गरेको थियो । यस्तै, बिहिबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१.५० करोड, आइतबार ५८.५० करोड, सोमबार २५.५० करोड, मंगलबार २२ करोड र बुधबार १७.५० करोडको व्यापार गरेको छ । यस्तै, चलचित्रले तामिल र तेलुगु भाषामा १२.५० करोडको व्यापार गरिसकेको छ ।

चलचित्रले भारतमा हिन्दी भाषामा ३३६ करोड र अन्य २ भाषामा १२.५० करोडको व्यापार गर्दै ८ दिनमा ३४८.५० करोडको व्यापार गरेको छ । चलचित्रले शुक्रबारसम्म हिन्दी चलचित्र ‘दंगल’को लाइफ टाइम कलेक्शनलाई उछिन्ने पक्का छ ।

यो चलचित्र साहरुखको करिअरकै सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र समेत बनेको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *