करण जोहरको निर्देशनमा बनेको लभ स्टोरी चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ ।
यो चलचित्रमा नायक रणवीर सिंह र नायिका आलिया भट्टको मुख्य भूमिका छ । यो चलचित्रलाई धर्म प्रोडक्शनले अब जुलाइको २८ तारिखबाट रिलिज गर्ने भएको छ ।
रणवीर र आलियाले यस अगाडि ‘गल्ली ब्वाई’मा काम गरेका थिए । यसैले, पनि यो जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन् । करणले पनि केही बर्षको अन्तरालपछि यो चलचित्रको निर्देशन गरेका हुन् ।
बलिउडमा जनवरी २५ तारिखबाट रिलिज भएको चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि आम निर्माताहरुमा आशा पलाएको छ । करणको यो चलचित्रले पनि दर्शकको उच्च साथ पाउने अपेक्षा गरिएको छ ।