‘तु झुटी मे मक्कर’को गीतमा रणवीर र श्रद्धाको चुम्बन नै चुम्बन

१८ माघ २०७९ १५:३३

मार्चको ८ तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘तु झुटी मे मक्कर’मा समावेश ‘तेरे प्यार मे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रितमको संगीतमा तयार यो गीतमा अमिताभ भट्टाचार्यको शब्द, अर्जित सिंह र निक्हिता गान्धीको स्वर छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु रणवीर कपुर र श्रद्धा कपुरलाई फिचरिङ गरिएको छ । भिडियोमा श्रद्धा र रणवीरविच थुप्रै चुम्बनका दृश्यहरु समेत समावेश छ । चलचित्रको गीतमा श्रद्धा र रणवीरलाई समुन्द्रको तटमा रोमान्स गर्दै गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *