३ सय करोड क्लबमा साहरुखको डेब्यू, ४ सय करोडको सुरुवात गर्दै

१८ माघ २०७९ १५:२६

बलिउडका नायकहरु आमिर खान, सलमान खान, ऋतिक रोशनले केही बर्ष अगाडि छोएको ३ सय करोडको लोभलाग्दो आँकडामा अर्का नायक साहरुख खान पनि प्रवेश गरेका छन् । सन् २०१३ मा रिलिज भएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले २२६ करोड कमाएपछि साहरुखको त्यसपछि रिलिज भएका चलचित्रले लोभलाग्दो कमाई गर्न सकेका थिएनन् ।

तर, ४ बर्षपछि पर्दामा फर्किएका साहरुखले ३ सय करोडको आँकडालाई ६ दिनमै छोएका छन् । उनी अभिनित चलचित्रले छैटौं दिनमा भारतमा ३ सय करोडको आँकडा पार गरेको थियो । चलचित्रले सातौ दिनमा भारतमा मात्र ३३० करोडको नेट कलेक्शन गरेको छ ।

चलचित्रले विश्व बजारबाट ७ दिनमा ६ सय ३४ करोडको आँकडा पार गरेको छ । यो चलचित्रले भारतमा ४ सय करोडको आँकडा पार गर्न पनि पक्का छ । पहिलो पटक ३ सय करोड क्लबमा डेब्यू गरेका साहरुखले बलिउडमा ४ सय करोडको सुरुवात समेत गर्दैछन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्रमा साहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *