‘ह्यारी कि प्यारी’ जितुका लागि किन बन्न सक्छ विशेष ?

१८ माघ २०७९ १४:५९

‘छक्का पन्जा’ टिमसँग रहेर काम गर्दा बक्स अफिसमा करोडौंको स्वाद चाखेका कलाकार जितु नेपाल शुक्रबारदेखि भने आफ्नै दममा करोड कमाउनुपर्ने दबाबमा छन् । उनी, अभिनित चलचित्र ‘ह्यारी कि प्यारी’ शुक्रबारदेखि सुखद शो पाउँदै दर्शकमाझ आउने तयारीमा छ ।

यो चलचित्रको मंगलबार काठमाडौंमा प्रिमियर आयोजना गरियो । प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले जितु नेपालको कामको तारिफ गरे । जितु चलचित्रमा कमेडी र गम्भिर भूमिकामा जमेका छन् । अझ, यसो भनौं २ घन्टा १५ मिनेट लामो चलचित्रमा जितु जमेका छन् ।

एउटा स्वास्थ्य चौकी बनाउनका लागि जितुले गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । चलचित्रले जितु र बिजय बरालको केमेष्ट्रीलाई पनि बलियो तरिकाले प्रस्तुत गरेको छ । चलचित्रमा दर्शक हसाँउन र रुवाउन सफल जितुका लागि सिंगो चलचित्र नै बोक्ने अवसर बल्ल आएको छ । यस्तो अवस्थामा डाक्टर कपिल रिजालको निर्देशनमा बनेको चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गर्यो भने जितुका लागि फलदायी हुनेछ ।

किनकी, ‘छक्का पन्जा’को टिम बाहेक अन्त जितु चल्दैनन् भन्ने टिप्पणीका बिच उनको सशक्त अभिनय रहेको ‘ह्यारी कि प्यारी’ दर्शकमाझ परिक्षा दिने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *