राम्रो कथा भयो भने मुख्य भूमिका चाहिन्छ पनि भन्दिनँः उषा उप्रेती(भिडियो)

१८ माघ २०७९ १४:४८

म्युजिक भिडियोमा राम्रै चलिरहेकी मोडल उषा उप्रेती चलचित्रमा डेब्यू गर्ने दाउमा छिन् । राम्रो ब्यानरबाट अफर आएको खण्डमा चलचित्रमा काम गर्ने उनको सोच छ । आफ्नै रहरले यो क्षेत्रमा आएकाले पनि जस्तो सुकै अवस्थामा पनि यहाँ बाँच्न सक्नुपर्ने वुझाई उनको छ । विगत केही महिनादेखि म्युजिक भिडियो निर्माणमा कमी आएको छ । तर, अहिले निर्माताहरु लगानी गर्न सक्ने अवस्थामा नभएकाले यो समय आएको उषाले वुझेकी छिन् ।

उषा चलचित्रबाट अफर नआएको बताउँछिन् । तर, उनले राम्रो चलचित्रको पर्खाई आफूलाई रहेको तर्क गरिन् । राम्रो ब्यानर र कथा भएको चलचित्रबाट अफर आयो भने मुख्य नायिका नै चाहिन्छ भन्ने सोचमा आफू नरहेको उनले बताइन् । उनले, चलचित्रमा सानो भूमिका भएपनि प्रभावकारी हुनुपर्ने तर्क गरेकी छिन् ।

उषाले अभिनय गरेका केही म्युजिक भिडियोले दर्शकको राम्रो साथ पाएका छन् । तर, पछिल्लो समय म्युजिक भिडियोले गतिलो भ्यूज नपाएको पीडा उषासँग पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *