उच्च मागपछि मध्यरातमा थपियो ‘पठान’को शोज

११ माघ २०७९ १३:४६

भारतसँगै विश्व बजारमा आजबाट रिलिज भएको नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो चलचित्रले भारतमा मात्र पहिलो दिनमा ५० करोड माथिको ओपनिङ गर्ने पक्का छ ।

चलचित्र हेरेर फर्किएका दर्शकको वर्ड अफ माउथले चलचित्रको शोज पनि बढिरहेको छ । यति मात्र होइन, चलचित्रलाई लिएर दर्शकको उच्च माग भएपछि यसको निर्माण कम्पनी यशराजले मध्यरातमा शोज थपेको छ ।

यो चलचित्र अब भारतका विभिन्न हलमा मध्यरात १२ बजे पनि रिलिज हुने भएको छ । आज मध्यरातबाट चलचित्रको शोज थप गरिएको हो । बिहानैबाट उच्च वर्ड अफ माउथ आएपछि चलचित्रको ३ सय शोज बढाइएको थियो ।

यो चलचित्रले २ दिनमै सय करोडको नेट कारोबार गर्दै नयाँ रेकर्ड बनाउने पक्का छ ।

४ बर्ष लामो अन्तरालपछि नायक साहरुख खान पर्दामा फर्किएका हुन् । उनलाई हेर्न दर्शक उत्साहित देखिएका छन् ।

समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र हेर्न हलमा दर्शकको लामो लाइन देखिएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्रमा दीपिका पादुकोण र जोन अब्राहिम पनि मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *