प्रदीपको ‘कामिनो’ घोषणा, ४ भाषामा तयार हुने

११ माघ २०७९ १३:३४

‘प्रेमगीत ३’पछि कुनै पनि नयाँ चलचित्र साइन नगरेका नायक प्रदीप खड्का अब एक फरक अवतारमा देखिने भएका छन् । प्रदीपको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘कामिनो’को आज थिम पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको छ । दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रलाई ४ भाषामा तयार गरिनेछ । चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिश भाषामा तयार गरिने निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकन चैत्रको तेश्रो साताबाट सुरु गरिनेछ ।

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा क्रियटिभ निर्देशक र सुनिल बिष्ट कार्यकारी निर्माता रहेको यो चलचित्रको कथा महेश दवाडीले कुञ्जन भट्टराइसँग मिलेर लेखेका हुन् । स्क्रिप्ट, टिम र क्यानभास मन परेपछि प्रदीपले फरक भूमिकाको चलचित्र साइन गरेका हुन् ।

शुक्रबार प्रदीप र यो चलचित्रको छायांकन नेपाल र ल्याटिन अमेरिकामा हुनेछ । चलचित्रमा प्रेम, रोमान्स र सन्पेन्स प्रस्तुत हुने निर्देशक ओलीको भनाई छ । सौरभ लामाको छायांकन रहने चलचित्रमा एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको एक्सन, दिनेश प्रकाश महराको प्रोडक्शन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *