नेपालमा ‘पठान’को आक्रामक ओपनिङ, पूजाले काटिन् केक(भिडियो)

११ माघ २०७९ ११:२४

आजबाट रिलिज भएको बलिउड सुपरस्टार साहरुख खानको एक्सनले भरिएको चलचित्र ‘पठान’ले नेपालमा पनि आक्रामक ओपनिङ गरेको छ । देशकै ठूला मल्टिप्लेक्समा एक पछि अर्को शोज थपिएको छ । चलचित्र हेर्न बिहान ६ बजेबाट नै दर्शकको लामो लाइन हलमा देखिएको छ ।

४ बर्षपछि पर्दामा कमब्याक गरेका नायक साहरुख खानको यो चलचित्रको वर्ड अफ माउथ समेत उत्कृष्ट आएपछि दर्शक हलमा झुम्मिएका हुन् । भारतीय समीक्षकले चलचित्रलाई उत्कृष्ट भनेका छन् । यसको प्रभाव नेपाली बक्स अफिसमा पनि पर्ने देखिएको छ ।

बलियो वर्ड अफ माउथका कारण चलचित्रको दर्शक बढिरहेको समयमा आज बिहान साहरुखका फ्यानहरुले हल नै बुक गरेर चलचित्र देखाएका छन् ।

टिम साहरुख खान नेपालका सदस्यहरुले काठमाडौंको सिटिसी मलमा रहेको हल नै बुक गरेर चलचित्र हेरेका थिए । उक्त शोजमा नेपाली चलचित्रकी चर्चित नायिका पूजा शर्मा पनि पुगेकी थिइन् । पूजाले साहरुखका फ्यानसँग मिलेर केक समेत काटिन् । पूजा आफैमा साहरुख खानकी ठूलो फ्यान हुन् ।

नेपालमा पनि चलचित्रको बलियो वर्ड अफ माउथ छ । यसको प्रभाव ४ दिन लामो विकेन्डमा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *