‘ह्यारी कि प्यारी’ गीतः जितुका लागि छल्किएको साम्राज्ञीको प्रेम
११ माघ २०७९ ११:११
माघको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि बढेको छ । यो चलचित्रको निर्माणपक्षले देशभर प्रमोृशन गरिरहेको छ । यसैबिच, चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत सार्वजनिक गरिएको छ ।
देवाञ्जली जोशी र सौरभ दासको स्वरमा समावेश यो गीतमा यूग भुषालको संगीत, डाक्टर कपिल रिजालको शब्द छ ।
गीतमा चलचित्रका मुख्य दुई कलाकार जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ । भिडियोमा साम्राज्ञीको प्रेम जितुका लागि छल्किएको देख्न सकिन्छ । डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा बिजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई लगायतका कलाकारको पनि अभिनय छ ।
सुदिप बरालको छायांकनमा तयार भएको चलचित्रमा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।
चलचित्रलाई सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरबी र डाक्टर कपिल रिजाल मिलेर लेखेका हुन् । डाक्टर भोला रिजालको लगानीमा बनेको यो चलचित्रले जितु र साम्राज्ञीको जीवनमा आउने विभिन्न उतारचढावको कथालाई देखाएको छ ।