साहरुखको ‘पठान’को बम्पर ओपनिङ, मध्यदिनसम्म २० करोडको कमाई

११ माघ २०७९ १०:५५

बलिउड स्टार साहरुख खान अभिनित चलचित्र ‘पठान’ विश्वभरका ८ हजार हलमा रिलिज भएको छ । भारतमा आजदेखि ५ हजार हलमा रिलिज भएको चलचित्रलाई भारत बाहिर २७ सय हलमा रिलिज गरिएको थियो । तर, बिहानैबाट बलियो वर्ड अफ माउथ आएपछि चलचित्रको ३ सय शोज थपिएको छ ।

यो चलचित्रले भारतका मुख्य तिन मल्टिप्लेक्स चेनमा दिउँसोको ३ बजेसम्म २०.३५ करोडको कमाई गरेको छ । यो बिदाको दिनमा रिलिज भएको ‘वार’ चलचित्रको भन्दा बढी हो । ‘वार’ले १९.६७ करोडको कमाई गरेको थियो । चलचित्रले ३ बजेसम्म पीभीआर, सिनेपोलिस र आईनोक्समा मात्र २० करोडको कारोबार गरिसकेको छ ।

यो चलचित्रले आज भारतमा ५० करोड भन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । साहरुख खानले ४ बर्षपछि बलिउडमा बलियो कमब्याक गरेका छन् । चलचित्रको वर्ड अफ माउथ समेत बलियो भएकाले यसले आगामी दिनमा पनि बम्पर कारोबार गर्ने समीक्षकहरुको अनुमान छ ।

५ दिन लामो विकेन्डमा चलचित्रको व्यापार २ सय करोड कट्ने देखिएको छ ।

सिद्धार्थ आनन्दको एक्सनले भरिएको चलचित्रमा साहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहिम मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *