सलमानको ‘किसी कि भाई किसी कि जान’को टिजर रिलिज

११ माघ २०७९ १०:४६

बलिउड नायक सलमान खान र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘किसी कि भाई किसी कि जान’ यो बर्षको इदमा रिलिज हुँदैछ । ईद सलमानको प्रिय पर्व मानिन्छ । ईदमा रिलिज भएका सलमानका चलचित्रले बक्स अफिसमा सुखद कमाई गरेका छन् ।

सार्वजनिक टिजरमा सलमानको रोमान्टिक र एक्सन अवतार देख्न सकिन्छ । सलमान खान प्रोडक्शनले नै निर्माण गरेको चलचित्रमा सलमान र पूजाको रोमान्टिक दृश्य पनि छ ।

फरहाद साम्जीको निर्देशनमा तयार भएको चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गरिएको छ । सन् २०२२ मा निक्कै नै कमजोर देखिएको बलिउडलाई यो बर्ष नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ले लिकमा ल्याइदिएको छ ।

सलमानको यो बर्ष ‘किसी कि भाई किसी कि जान र टाइगर ३’ रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *