‘फूलबारी’को पारिवारिक ट्रेलरः बाबु–आमालाई साथ नदिने छोराछोरीको कथा

१० माघ २०७९ १२:५५

पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘फूलबारी’को मन छुने ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले २ पुस्ताबिचको दुरीको कथा भन्छ । कमल किशोर मालपानीको कथा रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखेका हुन् । मनिष ढकाल यो चलचित्रका निर्माता हुन् ।

चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रले बाबु–आमा र सन्तानबिचको कथा भन्छ । बाबु आमालाई पर्दा टाढिने सन्तानको कथा चलचित्रले भनेको छ ।

यस्तै, बुहारीको तिखो बचन सहनुपर्दाको पीडा पनि चलचित्रमा देखाइएको छ । नेपाली समाजमा नै देखिदै आएको कथालाई रामबाबुले यसपटक चलचित्रमा बुनेका छन् ।

कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रमा जोश हेरुमको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । मणिराम पोखरेल यो चलचित्रका कार्यकारी निर्माता हुन् । यो चलचित्र फागूणको ५ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *