एकसाथ सय देशमा रिलिज हुँदै ‘पठान’, ‘वार’को रेकर्ड ब्रेक

१० माघ २०७९ ७:३८

४ बर्षपछि बलिउड नायक साहरुख खानले पर्दामा आक्रामक कमब्याक गर्ने भएका छन् । साहरुख अभिनित चलचित्र ‘पठान’ भोलीबाट विश्वभर रिलिज हुँदैछ । यो चलचित्रले रिलिज अगावै केही लोभलाग्दा रेकर्डहरु बनाइसकेको छ ।
यो चलचित्रले एडभान्स बुकिङमा नै नयाँ रेकर्ड राखेको छ । यसअगाडि बलिउड चलचित्र ‘वार’ले बनाएको एडभान्स बुकिङको रेकर्ड साहरुखको चलचित्रले तोडेको हो ।

यस्तै, यो चलचित्र १०० वटा देशमा एकसाथ रिलिज हुँदैछ । सय देशमा एकसाथ रिलिज हुने पहिलो चलचित्र समेत ‘पठान’ बनेको छ ।

यो चलचित्रले भारतमा बन्द भएका २५ वटा सिंगल थिएटरलाई फेरि जिवित गराएको छ । यो चलचित्रकै कारण बन्द भएका २५ वटा सिंगल हल भोलीबाट सुचारु हुँदैछन् । बिदाविना नै बुधबारबाट रिलिज हुन लागेको चलचित्रले पहिलो दिनमा ४० करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ । चलचित्रको बुकिङ आक्रामक छ ।

बलिउडलाई साउथ चलचित्रले उछिन्यो भन्ने चर्चा चलिरहँदा यो चलचित्रको बुकिङ साउथ भेगमा अझै आक्रामक छ । साहरुख खानले ४ बर्षपछि पर्दामा कमब्याक गर्दै आफ्नो स्टारपावर समेत देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *