नेपालमा ‘पठान’को आक्रामक बुकिङ, क्यूएफएक्समा १०८ शोज

१० माघ २०७९ ७:१९

४ बर्षपछि पर्दामा फर्किन लागेका बलिउडका सुपरस्टार नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’ दर्शकका लागि सर्वाधिक प्रतिक्षामा छ । यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्रको हाइप उच्च छ ।

यो चलचित्रलाई नेपाली वितरकले महंगो रकममा किनेका छन् । तर, चलचित्रको बुकिङको लय हेर्दा यसले ४ दिन लामो विकेन्डमा आक्रामक व्यापार गर्ने देखिएको छ । यदि, चलचित्रको वर्ड अफ माउथ सकारात्मक मात्र आएको खण्डमा यसको व्यापारले नयाँ उछाल कायम गर्नेछ ।

यो चलचित्रलाई देशकै ठूलो चेन क्यूएफएक्सले मात्र १०८ शोज दिएको छ । आफने सम्पूर्ण शोज नै क्यूएफएक्सले ‘पठान’ माथि लगाएको छ । यस्तै, वान सिनेमाज्ले पनि चलचित्रलाई उच्च शोज दिएको छ । बीग मुभिजमा पनि चलचित्रको लागि १५ शोज दिइएको छ ।

देशैभरका हलमा उच्च शो पाएको चलचित्रले बुधबार नै किर्तिमानी व्यापार गर्ने अनुमान लगाउन सकिन्छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *