काठमाडौंमा खुल्यो ‘द ब्यूटी बक्स स्टूडियो’, मेकअप सिक्न सकिने(भिडियो)

४ माघ २०७९ ७:१०

काठमाडौंको ‘द ल्यान्डमार्क होटल एन्ड अपार्टमेन्ट’मा ‘द ब्यूटी बक्स स्टूडियो’को उद्घाटन भएको छ । पोखरामा निक्कै नै लोकप्रिय भैसकेको यो मेकअप स्टूडियोको आज काठमाडौं शाखाको उद्घाटन गरिएको हो । यो स्टूडियोकी प्रमुख इशा अग्रवालकी छोरीले रिबन काटेर उद्घाटन गरेकी थिइन् ।

कोरोनाको समयमा इशाले अनलाइनबाट सुरु गरेको मेकअप स्टूडियो अहिले पोखरामा लोकप्रिय बनेको छ । इशाका अनुसार, काठमाडौंबाट पनि निक्कै माग भएपछि यसको शाखा बिस्तार गरिएको हो ।

यो स्टूडियोमा व्यवसायिक रुपमा मेकअप गर्न चाहनेदेखि व्यक्तिगत रुपमा मेकअप सिक्न चाहनेहरुका लागि एक हप्ता र एक महिनाको प्रशिक्षण दिइन्छ ।

यस्तै, बेहुली मेकअप पनि स्टूडियोमा गरिने इशाको भनाई छ । नेपालमा पछिल्लो समय आफै मेकअप गर्न चाहने र व्यवासयिक रुपमा पार्लरमा काम गर्न चाहनेहरुको संख्या बढ्दै गएको छ । इशाले अन्य विभिन्न स्टूडियोहरुले पनि अन्तरराष्ट्रिय भन्दै तालिम दिने गरेको भन्दै आफूहरुले प्रमाणपत्र नै पाएकाले अन्यसँग नझुक्किन आग्रह गरिन् ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *