‘जेरी २’मा आनाको प्रवेश, अनमोलसँग रोमान्स गर्ने

४ माघ २०७९ ६:५२

चलचित्र ‘जेरी २’मा मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । ‘जेरी’ चलचित्रकी नायिका आना शर्माको प्रवेश भएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको हो ।

निर्माण कम्पनी र आनाबिच कागजी रुपमा हस्ताक्षर भएको छ । यो चलचित्रका लागि यसअघि अर्की नायिका पूर्णिका सिंजापति फाइनल भैसकेकी थिइन् ।

चलचित्रमा नायक अनमोल केसीले काम गर्ने पक्का भैसकेको छ । आज भन्दा ९ बर्ष अगाडि रिलिज भएको ‘जेरी’ बक्स अफिसमा हिट भएको थियो । यो चलचित्र हिट भएको ९ बर्षपछि मुख्य कलाकारलाई नै दोहोर्याएर निर्माता सरोज न्यौपोनले चलचित्र बनाउन लागेका हुन् ।

चलचित्रलाई हेमराज बीसीले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलियामा गर्ने तयारी निर्माताको छ ।

सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *