‘भगवत् गीतामा सुहाना र धिरजपछि विपिनको इन्ट्री

४ माघ २०७९ ६:४५

नायक विपिन कार्कीले चलचित्र ‘भगवत् गीता’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्ष र विपिनबिच आज कागजी संझौता भएको छ । यो फिल्मका लागि यसअघि नायक सौगात मल्लसँग फाइनल कुरा भैसकेको थियो । तर, सौगातले समय दिन नभ्याउने भएपछि विपिन कार्की चलचित्रमा फाइनल भएका हुन् ।

यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् । चलचित्रमा सुनिल कुमार थापाको लगानी रहनेछ । चलचित्रमा नायक धिरज मगर र नायिका सुहाना थापा फाइनल भैसकेका छन् । विपिन पनि फाइनल भएपछि चलचित्रको लाइनअप बलियो देखिएको छ ।

चलचित्रको छायांकन माघको २० गतेबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । चलचित्रलाई बैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरेपनि अब यो संभव नहुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *