तनहुँ जिल्ला अदालतबाट पल शाहलाई क्लिन चिट (भिडियोसहित)

३ माघ २०७९ १२:४८

नायक पल शाहलाई जिल्ला अदालत तनहुँले बलात्कारको मुद्दामा सफाई दिएको छ ।

मंगलबार जिल्ला न्यायधिश कमलप्रसाद आचार्यको इजालासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको हो ।

पल शाहले अब जिल्ला अदालत नवलपुरको मुद्दामा मात्र लड्नुपर्नेछ । जिल्ला अदालत नवलपुरले भने पललाई बलात्कारको मुद्दामा सफाई दिएपनि बाल यौन दुरुपयोग आरोपमा २ बर्ष ६ महिना जेल सजायँ र पिडितलाई १० लाख रुपैयाँ क्षतीपूर्ती दिनुपर्ने फैसला सुनाएको थियो ।

एक नाबालिका गायिकाले आफूलाई पलले बलात्कार गरेको भन्दै जिल्ला अदालत तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि पलले फागुणको १५ गते प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *