‘सिड्नी’मा रीमा र सविन

१ माघ २०७९ १५:१६

चलचित्र ‘सिड्नी’को आज घोषणा भएको छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्रमा नायक सविन श्रेष्ठ र नायिका रीमा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन् । पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले यो चलचित्रमा जोडिन पाउँदा उत्साह व्यक्त गरे ।

यो चलचित्रले सिड्नी पुगेर विभिन्न तरिकाले जीवनलाई अगाडि बढाइरहेका नेपालीहरुको कथालाई प्रस्तुत गरिने जानकारी दिएका छन् । अमर रसाइलीको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा भीमराज रसाइलीको लगानी छ ।
चलचित्रको छायांकन ३ महिनापछि अष्ट्रेलियामा हुनेछ । नेपालमा पनि चलचित्रका केही दृश्य खिचिनेछ ।

यो चलचित्रको प्रोडक्शन डिजाइनरमा शंकर पाण्डे छन् । नायिका रीमा विश्वकर्माले सिड्नी बोल्ड शहर भएको भन्दै त्यहाँको परिवेशको कथा यो चलचित्रले भन्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *