‘अगस्त्य’मा सौगात, मलिका र नाजिर फाइनल

१ माघ २०७९ ७:४६

निर्देशक सौरभ चौधरीले आफ्नो ड्रिम प्रोजेक्ट बताएको चलचित्र ‘अगस्त्य’मा ३ कलाकार फाइनल भएका छन् । यो चलचित्रमा नायक सौगात मल्ल केही दिन अगाडि नै फाइनल भएपनि निर्माणपक्षले भने आज माघे संक्रान्तीको अवसर पारेर सार्वजनिक गरेको हो ।

यस्तै, चलचित्रमा एक नायक र एक नायिका पनि फाइनल भैसकेका छन् । चलचित्रमा नायक सौगात मल्लसँगै नायिका मलिका महत्त र कलाकार नाजिर हुसेन फाइनल भैसकेका छन् ।

सौगातलाई चलचित्रको टिमले ‘मिस्टर भर्सटायल’को उपाधि दिदै पोष्टर समेत सार्वजनिक गरेको छ । सौरभकै लेखनमा तयार हुने चलचित्रमा प्रकाश मल्ल र अनिष तामाङको लगानी रहनेछ । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रलाई डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा खिचिनेछ ।

चलचित्रको छायांकन काठमाडौं, नवलपरासी, भारतको गोरखपुर र बनारसमा खिचिनेछ । चलचित्रमा नेपालसँग भारतका पनि केही चलेका कलाकारको अभिनय रहने बताइएको छ ।

चलचित्रलाई २ च्याप्टरमा तयार गर्ने तयारी निर्माताको छ । चलचित्रलाई पूर्णतया एक्सनप्रधान बनाउने तयारी सौरभको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *