‘मनसँग मन’मा वर्षा र पुष्पको प्रेम

१ माघ २०७९ ७:३३

नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’ माघको २७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको टिजर आज निर्माणपक्षले युट्युबबाट सार्वजनिक गरेको छ । चलचित्रको टिजरमा नायक पुष्प र नायिका वर्षाबिचको प्रेम सम्बन्धलाई देखाइएको छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् ।

चलचित्र अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।

चलचित्र अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ । चलचित्रको टिजरमा नायक पल शाह र नायिका पूजा शर्मालाई पनि देखाइएको छ । चलचित्रको एक गीतमा यी दुइले नृत्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *