‘भष्मे डन’मा विपिनको जोडी बन्दै स्वस्तिमा

१ माघ २०७९ ७:२९

चलचित्र ‘अ‍ैंचो पैंचो’को तयारीमा रहेकी नायिका स्वस्तिमा खड्काले अर्को चलचित्र पनि साइन गरेकी छिन् । स्वस्तिमाले आफ्ना प्रिय निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘भष्मे डन’ साइन गरेकी हुन् ।

चलचित्रका निर्माता तथा कलाकार खगेन्द्र लामिछाने, निर्देशक खनाल र नायिका खड्काबिच आज कागजी संझौता भएको छ । यो चलचित्रको छायांकन फागुणको १२ गतेबाट गरिने निर्देशक खनालले जानकारी दिए । स्वस्तिमाले दीपेन्द्रसँग चलचित्र ‘चिसो मान्छे’मा काम गरेकी थिइन् ।

यो चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखिरहेका छन् । चलचित्रमा नायक विपिन कार्की शिर्ष भूमिकामा देखिदैछन् । चलचित्र ‘पशुपति प्रसाद’बाट ‘भष्मे डन’ पात्र जन्मिएको हो । यो पात्र सुपरहिट भएपछि दीपेन्द्रले विपिनलाई शिर्ष भूमिकामा राखेर चलचित्र बनाउने तयारी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *