मोफसल दौडमा निस्किए ह्यारी र प्यारी

३० पुष २०७९ १०:५१

चलचित्र ‘ह्यारी कि प्यारी’को मोफसल टूर सुरु भएको छ । पश्चिम नेपालको नेपालगञ्जदेखि सुरु भएको टूर चितवन हुँदै पुर्वी नेपालसम्म पुग्ने निर्माणपक्षले बताएको छ । डाक्टर कपिल रिजालको निर्देशनमा तयार भएको चलचित्रको टोली आज चितवन महोत्सवमा पुगेको छ ।

चितवन महोत्सवमा मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, बिजय बराल र निर्देशक रिजालले दर्शकसँग साक्षात्कार गरे । चलचित्रको मोफसल यात्रामा कलाकारसँगै गायकहरु सपनकुमार राई, सुबिन सिंह र गायिका बेनिशा पौडेल सहभागी छन् ।

माघ ७ गतेसम्मको सेड्यूल तय गरेर निर्माणपक्ष मोफसल टूरमा निस्किएको हो । चितवनपछि पर्सा हुँदै बेनी, बुटवल, हेटौडा, विराटनगर, धरान, इटहरी, दमक र विर्तामोडमा चलचित्रको यूनिट पुग्नेछ ।

माघको २० गतेबाट रिलिज हुने चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । यसबाट उत्साहित भएको टिमले मोफसलमा पनि दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *