‘पठान’ले ओभरसिजमा ३० करोड माथिको ओपनिङ गर्ने प्रक्षेपण

२८ पुष २०७९ १४:३७

४ बर्षपछि ठूलो पर्दामा फर्किन लागेका नायक साहरुख खान अभिनित चलचित्र ‘पठान’को टिजर, दुई गीत र ट्रेलरले धमाका मच्चाइरहेको छ । अझ, चलचित्रको एक गीतमा नायिका दीपिका पादुकोणले लगाएको पहिरनको बिषयमा विवाद भएपछि यसको प्रत्यक्ष फाइदा चलचित्रलाई भएको देखिन्छ ।

यसले, चलचित्रको ओपनिङ आक्रामक हुने विश्लेषण गरिएको छ । भारतमा चलचित्रको बुकिङ खुल्ला गरिएको छैन । तर, ओभरसिजमा भने चलचित्रले आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

चलचित्रले जनवरी २५ तारिखमा भारत बाहिर ३० करोड माथिको ओपनिङ गर्ने विश्लेषण गरिएको छ । जर्मनीमा चलचित्रलाई लिएर उच्च क्रेज देखिएको छ । चलचित्रका अधिकांश शोज बुकिङ खुल्ला भएसँगै भरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतमा पनि यो चलचित्रको बुकिङ एक साता अगाडि नै खुल्ने बताइएको छ ।

सिद्धार्थ आनन्द निर्देशित यो चलचित्रमा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ । चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *