सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश, भोली मात्र छुट्ने

२८ पुष २०७९ १४:१८

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

बिहिबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिदै बिदेश जान भने रोक लगाएको छ । न्यायधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । उनलाई भोली मात्र छाडिनेछ । उच्च अदालतले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेकाले पनि काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्ने भएकाले उनलाई भोली मात्र छाडिने भएको हहो ।

लामिछानेलाई एक यूवती बलात्कार गरेको आरोप लागेको छ । यूवतीले लामिछानेले आफूलाई होटलमा लगेर २ पटकसम्म बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *