‘वरिसू’ हेर्न पुगिन् रश्मीका, ट्रोलर्सले लेखे–‘ओभर एक्टिङ’

२८ पुष २०७९ ७:१०

साउथकी सुपरस्टार नायिका रश्मीका मन्दना आफू अभिनित चलचित्र ‘बरिसु’ हेर्न हल पुगिन् ।

यो चलचित्र बुधबारदेखि रिलिज भएको छ । साउथका सुपरस्टार थलापति विजय र रश्मीकाको मुख्य भूमिका रहेको चलचित्रले पहिलो दिनमा बम्पर व्यापार गरेको छ । हलमा चलचित्र हेर्न पुग्दा रश्मीका उत्साहित देखिइन् । उनको उत्साहले भरिएको भिडियो सार्वजनिक भएसँगै उनलाई केही ट्रोलर्सले ओभर एक्टिङ भन्दै मिमि समेत बनाएका छन् ।

रश्मीका विगत केही समयदेखि सामाजिक संजालमा विभिन्न कारणले ट्रोल भैरहेकी छिन् । रश्मीकाले अभिनय गरेको बलिउड चलचित्र ‘मिसन मज्नु’ पनि ओटीटीबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *