नेपाल आइपुगिन् मलाइका

२८ पुष २०७९ ६:३७

बलिउड नायिका तथा मोडल मलाइका अरोरा बिहिबार बिहान काठमाडौं आइपुगेकी छिन् । उनी, नेपाल रत्न तथा आभूषण संघले आयोजन ागर्न लागेको फेसन शोमा सहभागी हुन नेपाल आएकी हुन् । उनी, शो स्टपरको रुपमा शोमा सहभागी हुनेछिन् ।

उनी बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् । त्यसलगतै उनी, होटल याक एन्ड यतिमा पुगेकी थिइन् । यही होटलमा आज साँझ फेसन शोको आयोजना हुँदैछ ।

मलाइकाले नेपाल आउन पाउँदा आफू निक्कै नै खुशी रहेको पनि बताइन् । मलाइकाले यसपटक यही कार्यक्रममा नै समय बिताउने बताएकी छिन् ।

उनले, नेपाल बसाइका क्रममा यहाँको फेसन, संकृति, चलचित्र र संगीतबारे वुझ्ने प्रयास गर्ने समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *