‘छड्के २’मा भिटेनको स्वर अनमोललाई कति सुहाउला ?

२८ पुष २०७९ ६:३०

फागुण १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छड्के २’ प्रतिक्षामा छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको र उनलाई फरक अवतारमा देखाइएकाले पनि दर्शक चलचित्रलाई लिएर उत्साहित देखिएका हुन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले मिलेर बनाएका हुन् ।

यो चलचित्रको एउटा गीत र्यापर भिटेनले तयार पारेका छन् । भिटेनले बुधबार चलचित्रका लागि गीत रेकर्ड गरे । गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ ।

निर्माता प्रशान्त गिरीले चलचित्रमा सुहाउने भएकाले पनि भिटेनको स्वरमा गीत रेकर्ड गरेको प्रतिक्रिया दिएका छन् । यो चलचित्रले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा अनमोलको साथमा कमलमणि नेपाल, रोविन तामाङ लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *