‘तिम्रो मेरो साथ’को प्रिमियरमा बोल्ड साम्राज्ञी, उत्साहित पुष्प

२८ पुष २०७९ ६:२५

भोलीदेखि रिलिज हुन लागेको प्रतिक्षित नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को भव्य प्रिमियर चितवनमा आयोजना भएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको प्रिमियरमा यसका निर्देशक रमेश एम के पौडेल, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप क्षेत्री उपस्थित थिए ।

प्रिमियरमा साम्राज्ञी बोल्ड अवतारमा प्रस्तुत भइन् भने दर्शक प्रतिक्रियाबाट नायक खड्का उत्साहित देखिए ।

चितवनका दर्शकमाझ प्रस्तुत गरिएको फिल्मले देशैभर राम्रो व्यापार गर्ने निर्माता तथा निर्देशक पौडेलको विश्वास छ ।

फिल्मले लभ स्टोरी कथा भन्छ । पुष्पका लागि मरिहत्ते गरेकी साम्राज्ञी र उनको जीवनमा आइपर्ने उतारचढावमा चलचित्र निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *