‘गुञ्जन’को ‘केबल तिम्रै तिर’ गीतमा रोमान्टिक देखिए सारा र प्रितम

२६ पुष २०७९ १६:१२

पौषको २९ गते अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गुञ्जन’को नयाँ गीत ‘केबल तिम्रै तिर’ आज सार्वजनिक गरिएको छ ।

निशान भट्टराई र श्रेया सोताङको स्वर रहेको गीतमा रवि मल्लको शब्द, कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सारा सिर्पाली र प्रितमराज सेञ्चुरीको रोमान्स हेर्न सकिन्छ । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा नायक कविर खड्काको पनि मुख्य भूमिका छ ।

अष्ट महर्जनको निर्देशन रहेको यो चलचित्रमा सारा, प्रितम र कविरको सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्रए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको चलचित्रको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *