दयाले साइन गरे दीपकको अनटाइटल फिल्म

२६ पुष २०७९ १५:५७

नायक दयाहाङ राईले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । उनले, दीपक श्रेष्ठको कथा तथा निर्देशनमा तयार हुन लागेको अनटाइटल प्रोजेक्ट आज साइन गरेका हुन् । प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । केबल तामाङ्गको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ ।

चलचित्रमा दया फाइनल भएपनि एक नायक र एक नायिका केही दिनमा फाइनल गर्ने तयारी निर्माणपक्षको छ । सुरज आचार्य हेड अफ प्रोडक्शन रहेको चलचित्रमा सौरभ लामाको छायांकन रहने पक्का भएको छ ।

‘पर्यटनका लागि सिनेमा’ भन्ने नाराका साथ सिक्किम र इलाममा चलचित्र खिचिने प्रस्तुतकर्ता तामाङ्गले जानकारी दिए । यो चलचित्रलाई कमेडी र लभस्टोरी कथामा निर्माण गर्ने जानकारी निर्देशक श्रेष्ठले दिएका छन् । चलचित्रको छायांकन माघको २० गतेबाट सुरु हुनेछ । चलचित्रले नेपाल र सिक्किमको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने विश्वास निर्माण टिमको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *