‘डिसेम्बर फल्स र चि मुसी चि’ बक्स अफिसमा फ्लप

२६ पुष २०७९ ५:२०

पौष महिनामा आशा गरिएका २ चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लिए । नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’ बक्स अफिसमा नराम्रोसँग पछारियो । यो चलचित्रले एक साता पनि हलमा दर्शकलाई तान्न सकेन । ३ करोड बजेटमा निर्माण भएको चलचित्रको व्यापार दयनीय नै छ । रामप्रसाद रिजाल निर्मित चलचित्रलाई प्रविण झाले निर्देशन गरेका थिए ।

अर्को चलचित्र ‘चि मुसी चि’ले पनि दर्शक पाएन । मल्टिस्टारर यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल, गौरब बिष्ट लगायतका कलाकारको अभिनय रहेको हरर जनराको चलचित्रको पनि व्यापार दयनीय नै छ । यो चलचित्रबाट पनि निर्माताले ठूलो रकम गुमाएका छन् ।

यसरी, पौष महिनामा २ ठूला चलचित्र डुब्दा नेपाली बक्स अफिस घाटामा गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *