आर्यन र मुकुनको जोडी बन्दै साक्षी

२४ पुष २०७९ १०:३२

नायक आर्यन सिग्देल र कलाकार मुकुन भुषालको मुख्य भूमिका रहने एक अनटाइटल प्रोजेक्टमा नायिका फाइनल गरिएको छ ।

निर्माणपक्षले आज मोडल साक्षी लम्सालसँग कागजी संझौता गरेको छ । साक्षी चलचित्रमा फाइनल भएपनि अझै एक जना नायिका भने पक्का गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गर्दैछन् । चलचित्रमा छिरिङ्ग तेन्दुप शेर्पा, बिजय चन्द, भुवन कुमार काफ्ले निर्माताको रुपमा छन् । फागुणको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई लक्ष्मण सुवेदीले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *