‘ह्यारी कि प्यारी’ ट्रेलरः जितु र साम्राज्ञीबिच प्रेम र द्धन्द्ध

२४ पुष २०७९ १०:२७

डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘ह्यारी कि प्यारी’को सामाजिक भाव बोकेको ट्रेलर आज सार्वजनिक भएको छ । काठमाडौंको वान सिनेमाज्मा आयोजित पत्रकार सम्मेलनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार जितु नेपाल ट्रेलरबाट पाएको प्रतिक्रियाले मख्ख देखिए ।

चलचित्रमा पैसाको लागि आफ्नो बिर्य समेत बेच्न सक्ने ह्यारी कि आधुनिक समाजमा हुर्किएकी प्यारीबिचको कथा प्रस्तुत गरिएको छ । नेपाली चलचित्रले नबोलेको कथा प्रस्तुत गरेका कारण पनि यसलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

चलचित्रमा बिजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको पनि अभिनय छ । सुदिप बरालको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरबी र डाक्टर कपिल रिजालको लेखन छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रविन्द्र न्यौपानेको छायांकन, डाक्टर भोला रिजालको निर्माण छ । चलचित्रको कथावस्तुबाट नायिका साम्राज्ञी आशावादी देखिइन् । उनले, चलचित्रको कथा सुन्ने वित्तिकै आफू काम गर्न तयार भएको बताइन् ।

कलाकार जितु नेपालले पनि आफ्नो हाँस्य कलाकारको छवि यो चलचित्रले बदल्नृे आशा व्यक्त गरे । माघको २० गतेबाट यो चलचित्र रिलिज हुँदैछ । नेपालसहित भारतका विभिन्न ४ वटा भाषामा पनि यो चलचित्र रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *