प्रियंकाले भनिन्–‘म अन्तरराष्ट्रिय भूत’

२२ पुष २०७९ १६:०९

नायिका प्रियंका कार्कीले आफूलाई अन्तरराष्ट्रिय भूत भनेकी छिन् । आज आयोजना भएको चलचित्र ‘चि मुसी चि’को बिशेष शोपछि पत्रकारहरुसँग कुरा गर्दै प्रियंकाले आफू अब अन्तरराष्ट्रिय भूत भएको प्रतिक्रिया दिइन् ।

प्रियंकाले यसअघि चलचित्र ‘माला’मा पनि काम गरेकी थिइन् । यसपछि, चलचित्र ‘चि मुसी चि’मा उनले गरेको कामलाई पत्रकारहरुले रुचाएका छन् ।

आज आयोजित विशेष शोमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । नेपालमा हरर जनरामा यो स्तरको चलचित्र यसअघि नबनेको धेरैको प्रतिक्रिया छ । निर्माणपक्षले चलचित्रको दोश्रो च्याप्टर समेत बनाउने घोषणा गरिसकेको छ ।

चलचित्र ‘चि मुसी चि’को ब्याकग्राउन्ड म्यूजिक र यसको छायांकन पक्षको सर्वाधिक तारिफ गरिएको छ । आजबाट यो चलचित्र देशभरका हलमा रिलिज भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *