साम्राज्ञीलाई प्रश्नः अरुको मात्र दोष देखाउने कि आफ्नो पनि गल्ती स्विकार्ने ? (भिडियोसहित)

२२ पुष २०७९ १६:०२

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका तिन हिट चलचित्रका निर्देशकसँग नै सम्बन्ध राम्रो छैन । उनको डेब्यू चलचित्र ‘ड्रिम्स’का निर्देशक भुवन केसी, ‘ए मेरो हजुर २’कि निर्देशक झरना थापा र ‘इन्टु मिन्टु लण्डनमा’कि निर्देशक रेनशा वान्तवा राईसँग सम्बन्ध राम्रो छैन ।

साम्राज्ञीले बेलाबखत यो कुराहरु पोख्दै पनि आएकी छिन् । हाम्रो सिनेमासँग कुरा गर्दै साम्राज्ञीले यी तिन निर्देशकसँग सम्बन्ध बिग्रनुमा आफ्नो गल्ती नभएको बताएकी छिन् । उनले भनिन्–‘म त्यो समयमा फिल्म क्षेत्रमा भर्खरै सिक्दै थिएँ । यसैले, मलाई उहाँहरुले जुन व्यवहार गर्नुपर्ने थियो त्यो गर्नुभएन । यसपछि, मैले काम गरेका कुनै पनि निर्देशकसँग मेरो सम्बन्ध बिग्रिएको छैन ।’

अरुलाई मात्र दोष दिने कि आफ्नो पनि गल्ती रहेछ भनेर महशुश गर्ने भन्ने प्रश्नमा साम्राज्ञीले सो समयमा आफूले गल्ती नगरेको बताइन् ।

पौषको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’को प्रचारमा व्यस्त रहेकी साम्राज्ञीले यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेकाले काम गरेको समेत बताइन् । उनले, यो चलचित्रका निर्देशक रमेश एम के पौडेललाई आफूले सधै नै साथ दिने बताइन् ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *