कृषाको अनटाइटल प्रोजेक्टमा स्वस्तिमा र वर्षा

२१ पुष २०७९ ११:५३

निर्मात्री कृषा चौलागाई नयाँ चलचित्र निर्देशनको तयारीमा छिन् । उनले, नयाँ चलचित्र निर्देशन गर्ने पक्का भएसँगै यसको वर्कशप पनि भैरहेको छ । चलचित्रको नाम भने अहिलेसम्म तय भएको छैन ।

तर, चलचित्रलाई महिला केन्द्रित बनाउने तयारी उनको छ । यो चलचित्रमा नायिका स्वस्तिमा खड्काले काम गर्ने पक्का भैसकेको थियो । अब, चलचित्रमा नायिका वर्षा राउतको पनि प्रवेश भएको छ । वर्षाले पनि आफू चलचित्रमा पक्का भएको पुष्टी हाम्रो सिनेमासँग गरेकी छिन् ।

चलचित्रमा मुकुन भुषाल, सुशिल सिटौला र कोशिश क्षेत्रीले पनि काम गर्ने पक्का भैसकेको छ । यो चलचित्रको छायांकन माघबाट सुरु गर्ने तयारी कृषाको छ । यो बर्ष स्वस्तिमा ‘चिसो मान्छे’मा देखिएकी थिइन् भने वर्षाले अभिनय गरेका ‘के घर के डेरा र लाखे’ रिलिज भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *