के नोरा फतेहीसँग डेटमा छन् साहरुखका छोरा आर्यन ?

२१ पुष २०७९ ११:३९

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानको प्रेम चर्चाले बी टाउन गर्माएको छ । उनी, एक हट नायिकासँग रोमान्स गरिरहेको अड्कल फ्यान र मिडियाले लगाएका छन् ।

नायिका तथा मोडल नोरा फतेही र आर्यन एक अर्काको प्रेममा रहेको खबर सार्वजनिक भएको छ । तर, यसको आधिकारिक पुष्टी भएको छैन ।

दुबै जनाले दुबइमा खिचेका तस्वीरमा व्यक्ति एकै भएपछि यो समाचार भाइरल भएको हो । योसँगै दुबैले एकसाथ समय बिताएको अड्कलबाजी समेत लगाइएको छ । तर, नोरा र आर्यनले यो बिषयमा केही पनि बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *