‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्ष बनिन् प्रियंका कार्की

२१ पुष २०७९ ११:३१

कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेश्रो सिजन प्रशारण हुने भएको छ । यो शो माघको दोश्रो साताबाट प्रशारण हुने यसका संचालक जितु नेपालले जानकारी दिएका छन् ।

शोमा अध्यक्षको रुपमा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । प्रियंकाले अध्यक्षता ग्रहण गर्दै एक भागको छायांकन समेत गरिसकेकी छिन् । यसका संचालक जितु नेपालले यसको पुष्टी गरे ।

यसअघि यो शोमा दीपाश्री निरौला र करिश्मा मानन्धर अध्यक्षको रुपमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *