दया र सौगातपछि उपासनाले साइन गरिन् ‘हात्तीछाप’

२१ पुष २०७९ ११:०२

किरण नेपालीको प्रस्तुति तथा दीपक मनाङ्गेको लगानीमा बन्न लागेको चलचित्र ‘हात्तीछाप’मा नायिका उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग नेपालीले महंगो रकममा संझौता गरेका छन् । योसँगै चलचित्रका मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । चलचित्रमा यसअघि नै नायक दयाहाङ राई र सौगात मल्लले काम गर्ने पक्का भैसकेको थियो ।

यो चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् ।

चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने योजना निर्माताको छ । सामाजिक कथावस्तुमा चलचित्र बन्नेछ । यसअघि यी तिन कलाकारले किरणले नै बनाएको चलचित्र ‘२ नम्बरी’मा पनि काम गरेका थिए । चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *