प्रेमले भरिएको ‘गुञ्जन’ ट्रेलर, साराका लागि कविर–प्रितमबिच द्धन्द्ध

२१ पुष २०७९ १०:४९

प्रेम दिवस आउन अझै एक महिना भन्दा बढी छ । तर, पौषको २९ गते भने चलचित्र ‘गुञ्जन’ले दर्शकहरुलाई प्रेमको यात्रा गराउने भएको छ । अष्ट महर्जनको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा प्रेम र द्धन्द्धको कथा प्रस्तुत गरिएको छ । चलचित्रका मुख्य तिन कलाकारहरु सारा सिर्पाली, कविर खड्का र प्रितमराज सेन्चुरीको वरिपरी घुमेको ट्रेलरमा साराका लागि २ नायकको द्धन्द्ध देखाइएको छ ।

यो फिल्मलाई महेश दवाडीले लेखेका हुन् । फिल्ममा विपिन मल्लको सम्पादन, राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । हिराकृष्ण शाही र सुनिता शाही यो चलचित्रका निर्माता हुन् ।

चलचित्र ‘गुञ्जन’ उत्कृष्ट बनेको भन्दै यसका निर्माता शाहीले दर्शकलाई मन नपरेको खण्डमा टिकटको पैसा फिर्ता गर्ने दाबी समेत गरे ।

निर्देशक अष्ट महर्जनले कार्यक्रममा आफूले एक्सनको जनराबाट बाहिर निस्किएर चलचित्रलाई प्रेममय बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *