आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’लाई दर्शकले किन पत्याएनन् ?

२० पुष २०७९ ६:०९

नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’ले दर्शकलाई तान्न सकेन । शुक्रबारदेखि रिलिजमा आएको चलचित्रको बक्स अफिस निक्कै कमजोर देखिएको छ । निर्माताले ३ करोड माथिको लगानी रहेको बताएको यो चलचित्रको मेकिङ पनि उच्च थियो । तर, चलचित्रको कथावस्तुमा दर्शकको मन बस्न सकेन ।

प्रविण झाको निर्देशनमा तयार भएको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

यो चलचित्रको शुक्रबार र शनिबारको बिदाको दिनमा पनि व्यापार सुखद हुने सकेन । यसपछि, झरेको व्यापार माथि आउन सकेको छैन । अधिकांश मल्टिप्लेक्सले चलचित्रको शोजमा भारी कटौती गरिसकेका छन् ।

अघिल्ला ३ चलचित्रमा लक्की देखिएकी नायिका उपासना सिंह ठकुरी यसपटक आर्यनका लागि भने लक्की देखिइनन् । आर्यनले यो चलचित्रका लागि निक्कै ठूलो मिहिनेत पनि गरेका थिए । तर, उनको मिहिनेतलाई पनि दर्शकले पत्याएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *