‘लण्डन टू पेरिस’पछि ‘ह्रस्व दीर्घ’मा गरिमा

२० पुष २०७९ ६:०१

टिकटकबाट म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी मोडल गरिमा शर्माले दोश्रो चलचित्रमा काम गर्ने पनि पक्का भएको छ । उनले, चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गर्ने पक्का भएको हो ।
यो चलचित्रलाई नायिका नीता ढुंगानाले निर्माण गर्दैछिन् । चलचित्रमा गरिमाको कस्तो भूमिका हुने भन्ने खुलाइएको छैन ।

यो चलचित्रमा केही दिन अगाडि मात्र नायिका विपना थापा पनि अनुबन्धित भएकी थिइन् । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, सलोन बस्नेत, विपना थापा, गरिमा शर्मा लगायतको अभिनय रहने पक्का भएको छ । यस्तै, केही दक्षिण भारतीय नाम चलेका कलाकार पनि यो चलचित्रमा हुनेछन् ।

चलचित्रको छायांकन केही सातापछि सुरु गर्ने तयारी चन्द्रको छ । यो चलचित्रको पहिलो सेड्यूलको छायांकन हैदराबादको रामोजी स्टूडियोमा हुनेछ । गरिमाले यसअघि चलचित्र ‘लण्डन टू पेरिस’मा काम गरेकी थिइन् । यो चलचित्र रिलिज भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *