‘ह्यारी कि प्यारी’को प्रिमियरमा को–को पुगे ?

१७ माघ २०७९ १६:०३

शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’को आज काठमाडौंमा प्रिमियर गरिएको छ । रिलिज भन्दा ३ दिन अगाडि नै प्रिमियर गरेर निर्देशकले आफ्नो बिषयवस्तुमाथि विश्वास देखाएका छन् । डाक्टर कपिल रिजालको निर्देशनमा तयार भएको यो चलचित्रको प्रिमियरमा यसका मुख्य कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, बिजय बराल लगायत उपस्थित थिए ।

यस्तै, चलचित्र हेर्न कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्देशक ज्ञानेन्द्र देउजा, आकाश अधिकारी लगायत पुगेका थिए । चलचित्र हेरेका अधिकांशले यसले उठान गरेको बिषयवस्तु मन पराएको बताए । चलचित्रले फरक सोच बोकेका ह्यारी र प्यारीको कथालाई प्रस्तुत गरेको छ ।

चलचित्रमा बिजय बरालको भूमिकाले दर्शकलाई धेरै हदसम्म होल्ड गरेको छ । जितु नेपालले पनि उत्कृष्ट काम गरेका छन् । चलचित्रको समीक्षा हामी शुक्रबार गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *