३ सय करोड नजिक ‘पठान’, विश्व बजारमा ५ दिनमै कमायो ५४२ करोड

१६ माघ २०७९ १६:१४

नायक साहरुख खानले ४ बर्षपछि पर्दामा फर्किएर बलिउडलाई नै चलायमान बनाइदिएका छन् । सुस्ताएको बलिउड फेरि एकपटक उचाईमा उडिरहेको छ ।

उनी अभिनित चलचित्र ‘पठान’ रिलिज भएको ६ दिन भयो । यो चलचित्रले ५ दिन लामो विकेन्डमा बम्पर कमाई मात्र गरेन, बलिउडमा बनेका सबैजसो रेकर्डलाई नै ध्वस्त बनाइदिएको छ ।

यो चलचित्रले ५ दिनमा विश्व बजारबाट ५४२ करोड ग्रस कलेक्शन गरेको छ । चलचित्रले भारतमा ३३५ र ओभरसिजमा २०७ करोडको ग्रस कलेक्शन गरेको हो ।

चलचित्रले भारतीय बजारमा ५ दिनमै २८० करोड माथिको नेट कलेक्शन गरेको छ । चलचित्र सोमबारबाट ३ सय करोड क्लबमा प्रवेश गर्नेछ ।

चलचित्रले बुधबार ५५ करोड, बिहिबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१.५० करोड र आइतबार ५८.५० करोडको व्यापार गरेको छ । यस्तै, अन्य भाषामा ५ दिनमा ९.७५ करोडको व्यापार चलचित्रले गरेको छ ।

‘पठान’ साहरुखको करिअरकै पहिलो ३ सय करोड कलेक्शन गर्ने चलचित्र समेत बनेको छ ।

चलचित्रमा साहरुखको साथमा दीपिका पादुकोण, जोन अब्राहिम लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *