‘पठान’ बम्पर चलेपछि एक साता पछि सर्यो कार्तिकको ‘सेहजादा’

१६ माघ २०७९ १६:०९

बक्स अफिसमा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिम अभिनित चलचित्र ‘पठान’ले बम्पर व्यापार गरिरहेको छ । यो चलचित्रले ५ दिनमै विश्व बजारबाट ५ सय करोड माथिको व्यापार गर्दै नयाँ रेकर्ड बनाइसकेको छ ।

यो चलचित्र बम्पर चलेपछि फ्रेबुअरी १० तारिखबाट रिलिज हुन लागेको हिन्दी चलचित्र ‘सेहजादा’ एक सातापछि सरेको छ । अब, यो चलचित्र फ्रेबुअरी १७ तारिखबाट विश्व बजारमा रिलिज हुने भएको छ ।

चलचित्रका नायक कार्तिक आर्यनले नायक साहरुख खानको सम्मान गर्दै चलचित्र एक सातापछि सारेको बताएका छन् । चलचित्रमा कार्तिकको साथमा नायिका कृति सेननको मुख्य भूमिका छ । यो चलचित्रको गीत र ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् ।

अब, पठानले ३ सातासम्म कुनै पनि चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । यसैले, बक्स अफिसमा यो चलचित्रले ५ सय करोडको क्लब छुने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *