‘मनसँग मन’को ट्रेलरः वर्षालाई पाउन पुष्पको द्धन्द्ध

१६ माघ २०७९ १५:५१

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मनसँग मन’ माघको २७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिजको २ साता बाँकी रहँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको छ ।

चलचित्रको ट्रेलरुरमा मुख्य कलाकारहरु पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान र सान्ते दालाई देखाइएको छ । चलचित्रको ट्रेलरमा वर्षालाई पाउन पुष्पले गरेको द्धन्द्धको कथालाई देखाइएको छ ।

अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीतमा तयार भएको चलचित्रलाई कैलाश राईले निर्देशन गरेका हुन् । चलचित्रमा अरुण तामाङको लगानी छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, कैलाश राइको पटकथा तथा संवाद छ ।

चलचित्रको एउटा गीतमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा यो चलचित्रप्रतिको कौतुहलता बढ्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *