‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ गीत रिलिज

१६ माघ २०७९ १५:३९

फागुणको १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘दर्शन सलाम’ बोलको लोकलयको गीत आज युट्युबबाट सार्वजनिक गरिएको हो । डेभिड शंकर र सहिमा श्रेष्ठको स्वरमा समावेश यो गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द छ । गीतको अडियो मिठो छ ।

हेमराज वीसीको निर्देशनमा तयार भएको चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बुद्दि तामाङ, निर्मल शर्मा, राज आचार्यलाई देख्न सकिन्छ । यो गीतमा अतिथी कलाकारको रुपमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । चलचित्रमा नायिकाको रुपमा बेनिशा हमाल र मलिना जोशी मुख्य भूमिकामा छन् ।

कविराज गहतराको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नरेन्द्र मैनालीको छायांकन छ । चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने रोशन श्रेष्ठको चलचित्रमा एक्सन निर्देशन छ ।

यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गर्न सकिन्छ । दीपकराज गिरी र उनको टिमले बनाएको चलचित्रको गीतले सधै नै लोकप्रियता पाउने गरेका छन् । यसपटक, पनि यो गीतले दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ ।

यो गीत हेर्दा पनि चलचित्रलाई राजनीतिक बिषयमा निर्माण गरिएको प्रष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *